Comments Add Comment

मनिषाकी आमाले किन खोजिन् ऋषि कपुरको नम्बर ?


नेपाली अभिनेत्री मनिषा कोइराला बलिउडमा पुनस्र्थापित हुन प्रयासरत छिन् । उनको यो प्रयासमा एउटा खुड्किलोको काम गरेको छ राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’ ले ।

‘सञ्जु’मा मनिषाले सञ्जय दत्तकी आमा नरगिसको भूमिका निभाएकी छिन् । उनको भूमिका छोटो भए पनि प्रभावकारी छ । साथै मनिषाको अभिनयको पनि प्रशंसा भइरहेको छ । ‘सञ्जु’को सफलतापछि उनको करिअरले गति लिनसक्ने अनुमान गरिएको छ ।

यता मनिषा कोइरालाकी आमा सुष्मा कोइराला भने ‘सञ्जु’ हेरेपछि अभिनेता रणवीर कपुरको फ्यान बनेकी छन् । यसको जानकारी मनिषाले एक अन्तरवार्तामा दिएकी हुन् ।

मनिषाका अनुसार सुष्माले उनलाई नेपालबाट फोन गरेर ऋषि कपुरको फोन नम्बर मागेकी थिइन् । ‘उहाँ रणवीरको अभिनयको विषयमा उनको बुवा ऋषि कपुरसँग छलफल गर्न चाहनुहुन्थ्यो, र मैले नम्बर उपलब्ध गराएकी थिएँ,’ मनिषाले सुनाइन् ।

तर, सुष्माले सोझै रणवीरसँग कुरा नगरेर किन ऋषि कपुरसँग कुरा गर्न चाहिन् भन्ने चाहिँ खुल्न सकेको छैन । आफ्नो जमानाका हिरो भएकाले पनि उनलाई ऋषिसँग कुरा गर्न मन लागेको हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment