+
+

म्युजिकल्लीमा रमाउँदै नायिकाहरु, क्रेज बढ्ला कि घट्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १३:३७

‘आजकलका हिरो हिरोइनको हेर्न फिल्म हेर्नै पर्दैन, म्यूजिकल्ली हेरे पुग्छ । तितो सत्य…।’ सोभाना लामाले लेखेको यो स्टाटसलाई चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले शेयर गरेका छन् ।

नायिका नीता ढुंगानाले एक लोकगीतमा बनाएको म्यूजिकल्ली भिडियोमा कमेन्ट गर्दै पत्रकार राज श्रेष्ठले लेखे-‘तिमीलाई हेर्न अब हलमा जानै नपर्ने भयो ।’ यो कमेन्टमा अर्का पत्रकार रामजी ज्ञवालीले जवाफ दिदै लेखे-‘५-७ जना अरु पनि हुनुहुन्छ । अभिनय हेर्न हलमा जानै नपर्ने भयो भन्ने महसुस गरेको छु मैले पनि ।’

विश्व बजार डिजिटल बन्दै गर्दा यसको प्रत्यक्ष प्रभाव नेपाली चलचित्रका कलाकारमा पनि पर्ने गरेको छ । अहिले, १५ सेकेन्ड लामो संवाद र गीतमा आफैले अभिनय गर्दै भिडियो बनाउने ट्रेन्ड नै चलेको छ ।

नेपाली चलचित्रका केही कलाकारहरु यसमा निकै अभ्यस्त छन् । नायिका नीता ढुंगाना, बर्षा राउत, अनु शाह लगायतका कलाकारको क्रेज यसमा सबैभन्दा बढी देखिन्छ ।

सबै कलाकारलाई त म्यूजिकल्लीको क्रेजले छोएको छैन, तर केही कलाकार भने यसमा औधि डुबेका छन् । दैनिकजसो उनीहरुका २-३ वटा भिडियो सार्वजनिक भैरहेका हुन्छन् ।

क्यामराअघि उभिने अवसर नपाउने आम मानिसलाई आफ्नो अभिनय प्रतिभा देखाउन म्यूजिकल्लीले सहयोग गरिरहेको छ । यसले, चलचित्रकर्मीका लागि कलाकार खोज्न सजिलो पनि भएको छ । तर, नियमित चलचित्रको पर्दामा देखिने कलाकारहरुको म्यूजिकल्ली क्रेज भने बुझिनसक्नु छ ।

के म्यूजिकल्लीमा बनाएको १५ सेकेन्डको भिडियोले कलाकारको क्रेज घट्दैन ? यस बिषयमा हामीले म्यूजिकल्लीमा धेरै रमाउने नायिका बर्षा राउतलाई प्रश्न सोध्यौ ? बर्षाले भनिन्-‘खै यसले कलाकारको क्रेज कम हुन्छ या हुँदैन भन्ने मलाई थाहा छैन । तर, पहिले कलाकारले बिहे गर्दा क्रेज कम हुन्छ भन्थेँ, तर त्यस्तो केही पनि भएन । मलाई म्यूजिकल्ली मनपर्छ र म बनाउँछु । पहिले पनि यस्ता भिडियो बनाउने अन्य एप्स थिए ।’

अर्की म्युजिकल्ली लभर नीता ढुंगाना भन्छिन्-‘म्यूजिकल्लीले कलाकारको क्रेज कम हुन्छ भन्नु गलत कुरा हो । म्यूजिकल्लीमा भिडियो नेपालका मात्र होइन, विश्वभरका चर्चित कलाकारले बनाएका छन् । चल्नेका चलचित्र यसै पनि चलेका छन्, नचल्नेका जति गरेपनि चलेका छैनन् । यो त एउटा भन्ने बहाना मात्र हो । ५ सेकेन्डको म्यूजिकल्ली र ३ घन्टाको चलचित्र फरक कुरा हो ।’

नायिका ढुगानाले आफूले यो बिषयमा केही पनि नसोच्ने र आफूलाई म्यूजिकल्ली गर्न मन लागेकाले गर्ने गरेको बताइन् । चिनी ठिक्क खायो भने गुलियो हुन्छ, तर, धेरै खायो भने तितो । यसैले, कलाकारले म्युजिकल्लीलाई कम प्रयोग गर्दा नै राम्रो हुन्छ होला ताकी दर्शकलाई वाक्क नलागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?