+
+
Shares

छविलालले आत्मसमर्पण गरे पनि गंगामायाले अनशन तोड्न मानिनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते ३:२४

२५ असार, काठमाडौं । गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् ।

कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनशन तोड्न आग्रह गरेका छन् ।

तर, गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् । छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्य कहाँ छ भन्ने प्रश्न गरेकी छन् ।

भेटमा उपस्थित मानवअधिकारकर्मी सुवोध प्याकुरेलले भने, ‘उहाँले अनशन तोड्न मान्नुभएन ।’

मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गनर्ेे लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । तर, सरकारी टोलीले लिखित सम्झौताको म्याण्डेट नलिई आएकाले सम्भव नभएको एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?