Comments Add Comment

रसियन खेलाडीले विश्वकपमा एमोनिया लिएको स्वीकार, डोपिङको भने खण्डन

२६ असार, काठमाडौं । विश्वकपमा शनिबार भएको क्वार्टरफाइनल खेलमा २-२ को बराबरी पछि क्रोएसियाले पेनाल्टी सुटआउटमा आयोजक रसियालाई हरायो । कमजोर मानिए पनि बलियो खेल देखाएको रसियाको विश्वकप यात्रा टुंगियो ।

रसियाका खेलाडीहरु डोपिङको आरोपमा कारबाहीमा पर्ने गरेको तीतो विगतका कारण विश्वकप पहिले नै यसबारेमा धेरैले चिन्ता व्यक्त गरेका थिए । टिमले उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलबाट बाहिरिएपछि पनि यस्ता प्रश्न चिहृनहरु बाँकी नै छन् ।

यस्तैमा रुसी टिमका डाक्टर एडुवार्ड बेजुग्लोभले उनको खेलाडीहरुले विश्वकपको दौरान एमोनियाको प्रयोग गरेको भने स्वीकारेका छन् । तर, उनले डोपिङ आरोपको भने खण्डन गरेका छन् ।

‘यो एमोनिया मात्रै हो जुन कटन पिसमा राखिएर सुँघिएको थियो,’ स्थानीय मिडियासँग कुरा गर्दै उनले भने, ‘हजारौं खेलाडीहरुले आफूलाई ताजा राख्न यसको प्रयोग गर्छन् ।’

‘यसको प्रयोग दशकौं देखि हुँदै आइरहेको छ र खेलमा मात्रै हैन मानिसहरुले आफ्नो दैनिक जीवनमा पनि कमजोर महसुस भएको बेलामा यसको प्रयोग गर्छन्’ उनले भने, ‘तपाईं फार्मेसीमा गएर सजिलै कटन र एमोनिया किन्न सक्नुहुन्छ यसको डोपिङसँग कुनै सम्बन्ध नै छ्रैन ।’

बेजुग्लोभले यसको प्रयोगलाई डोपिङसँग तुलना गर्न नमिल्ने बताए पनि धेरै मानिसले भने उनको कुरामा असहमति जनाउँछन् ।

जर्मन अखबार बिल्डले क्वार्टरफाइनल पहिले रुसी खेलाडीहरुले आफ्नो नाँक मुसारिरहेको प्रष्ट देख्न सकिने उल्लेख गर्दै यो नियमित प्रयोग गर्ने उदाहरण भएको लेखेको थियो ।

त्यस्तै अखबारले यो औषधिले मानिसको रक्तसञ्चार र फोक्सोको क्षमतामा सुधार गर्ने उल्लेख गरेको छ तर, यो औषधिलाई फिफाको एन्टिडोपिङ नियमले प्रतिबन्धित भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment