Comments Add Comment

सरकारलाई विपक्षीको प्रश्न : गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी ?

२६ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आमरण अनसनरत डा. गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी भनेर प्रश्न गरेका छन् ।

राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव पेश गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले डा. केसीको माग माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन होस् भन्ने भएको बताए ।

उनले प्रश्न गरे, ‘माथेमा कार्यदलको प्रतिवेदन किन कार्यान्वयन गर्न सकिएन ? के सरकारले अर्को कार्यदल बनाएको छ ? छैन भने त्यसलाई किन नकारियो ?

सत्य नलड्ने तर, शक्तिसँग नझुक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति सही भएको भन्दै कांग्रेस सांसद अधिकारीले भने, ‘सरकारले जवाफ दिनुपर्छ गोविन्द केसी को हो ? के हो ? सत्यको प्रतिक हुन् कि शक्तिको दम्भी ?

सरकारले माइतीघर मण्डलामा बोल्न रोक्न सक्ने तर, डा. केसीको आवाज थुन्न नसक्ने बताए । उनले भने, ‘तपाईहरुले मिडिया हेर्नु भएको छ । के सबै गोविन्द केसीले लेखाएका हुन् ? होइन, डा. केसीको आवाज जनताको ठूलो हिस्सा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment