Comments Add Comment

प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन बन्यो

२६ असार, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन बनेको छ । तीनतले पुस्तकालय भवनको मंगलबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे ।

यो पुस्तकालय भवन ४३.९४ मिलियन भारतीय सहयोगमा निर्माण भएको हो । नवनिर्मित पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरुलाई खोज तथा सन्दर्भ सम्बन्धी सुविधा प्रदान गर्नेछ ।

पुस्तक प्रकाशनका लागि पुस्तकालयमा उच्चस्तरीय अफसेट प्रेसको सुविधा पनि हुनेछ । यसलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना लिइएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment