Comments Add Comment

सुनीता दनुवार अमेरिकी अवार्डबाट सम्मानित

२६ असार, काठमाडौं । शक्ति समूह परिवारकी कार्यकारी निर्देशक सुनिता दनुवार अमेरिकी पुरस्कार इन पर्सन रिपोर्टर्स अवार्डद्वारा सम्मानित भएकी छन् ।

शक्ति समूह परिवारले मंगलबार पत्रकार सम्मेलन गरेर अमेरिकी सरकारको प्रतिष्ठित प्रतिष्ठान टिप हिरो-२०१८ बाट सुनिता दनुवार सम्मानित भएको जानकारी गराएको हो ।

अवार्ड विजेता दनुवारले उक्त सम्मानले अझै मानव बेचबिखनको बिरुद्धमा लड्नको लागि हौसला प्रदान गरेको बताइन् । ‘आजको दिनमा पनि विभिन्न बहानामा नेपाली चेलीहरु संसारका विभिन्न देशमा पशुसरह बेचिन पुगेकी छन्, मलाई यो अवार्डले महिला सशक्तिकरण र प्रभावितहरुलाई पुनर्स्थापना गर्ने काममा लाग्न झनै ठूलो हौसला मिलेको छ’ उनले भनिन् ।

१८० देश मध्येबाट छानिएका १० जना समाजिक अभियन्ताहरुबाट सुनिता दनुवार टिप हिरो बन्न सफल भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment