Comments Add Comment

सिण्डिकेट र कार्टेलिङले समृद्धि आउँदैन : गृहमन्त्री थापा

२७ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताएका छन् ।

नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे ।

‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त, निश्चित रुपमा सकिदैन’ उनले भने ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ ।’

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको भन्द्र उनले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे ।

यातायात क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment