Comments Add Comment

आलिया नआएपछि रणवीरकी आमाको जन्मदिन खल्लो

धेरैले आलिया भट्टकी हुनेवाली सासुका रुपमा हेरिरहेका छन् नीतु कपुरलाई । आलियाका प्रेमी रणवीर कपुरकी आमा हुन् नीतु । यदि कुनै अन्यथा भएन भने नीतुले आलियालाई बुहारी बनाउने पक्का छ ।

नीतुले मंगलबार फ्रान्सको पेरिसमा परिवारका सदस्यहरुसँग आफ्नो जन्मदिन मनाइन् । यो सेलिब्रेसनमा आलिया पनि जाने तयारीमा थिइन् । तर, अन्तिम समयमा उनले आफ्नो पेरिस भ्रमण रद्द गरिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आलियालाई उनका बाबु महेश भट्टले नीतुको जन्मदिन मनाउन जान रोकेका थिए । यतिबेला आलियाको फिल्म ब्रम्हास्त्रको सुटिङ चलिरहेको छ । सुटिङ क्यान्सिल गरेर फाल्तु कार्यक्रममा समय बर्बाद नगर्न उनले आलियालाई चेतावनी दिएको बुझिएको छ ।

आलिया र रणवीरको सम्वन्धका बारेमा महेशको धारणा अझैसम्म प्रष्ट भएको छैन । जबकि रणवीरका परिवार भने उनीहरुको सम्बन्धमा खुशी छन् र आलियालाई बुहारी बनाएर भित्र्याउन आतुर छन् । आलिया नीतु कपुरसँग व्यक्तिगतरुपमा पनि नजिक भइरहेकी छन् ।

आलिया नआएपछि कपुर परिवारले केही खल्लो मानेका थिए । आलिया भने ब्रम्हास्त्रको सुटिङका लागि बुल्गेरियातिर लागेकी छन् । यो फिल्ममा उनका जोडी रणवीर नै हुन् । त्यसैले प्रेमीसँग उनको भेट अब बुल्गेरियामा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment