+
+
Shares

सरकारको काममा व्यवधान गर्न वितण्डा मच्चाइँदैछः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २९ गते १२:१९

 

फाइल तस्वीर

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकपि्रयता कमजोर पार्ने कसरत भइरहेको बताएका छन् ।

चितवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिएको बताए ।

नेकपाको लोकपि्रयता कमजोर पार्ने विभिन्न कसरत भइरहेको भन्दै उनले भने, ‘कहिले के नाममा कहिले के नाममा स्थिरता र अराजकता मच्चाउने प्रयास भइरहेको छ ।’

सरकारका काममा व्यवधान गर्न वितण्डा मच्चाउने प्रयास भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?