Comments Add Comment

चीन र म्यानमार भ्रमणबाट प्रधानसेनापति स्वदेश फर्किए

२९ असार, काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्री चीन र म्यानमारको १० दिने भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका छन् । असार १९ गते म्यानमारतर्फ गएका क्षत्री २३ गतेसम्म म्यानमारमा र त्यसपछि चीन भ्रमणमा थिए ।

म्यानमार भ्रमणका क्रममा उनले त्यहाँका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

असार २४ गतेदेखि २९ गतेसम्म प्रधान सेनापति क्षत्रीले चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment