Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

२९ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राउतकी आमा राधिका देवीको ७६ वर्षको उमेरमा शुक्रबार दिउँसो निधन भएको छ । समान्य ज्वरो आएपछि उनलाई उपचारको लागि भारतको बिहार राज्य अन्तर्गत रक्सौलको डंकन अस्पतालमा तीन दिनअघि भर्ना गरिएको थियो ।

उनको अन्तिम संस्कार पर्साको जगरनाथपुरमा शनिबार बिहान गरिनेछ । मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले बताएका छन् ।

मृतक राधिकादेवीको दुई छोरामध्ये मुख्यमन्त्री राउत जेठा हुन् । कान्छो छोरा रामबाबु राउत कृषि पेशामा आबद्व छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment