Comments Add Comment

डरले भरिएको बच्चाको दिमागमा ज्ञानगुणको कुरा कहाँ अटाउने ?

मैंले करिब एक दशक भयो, बालबालिकासँग समय बिताएको । शिक्षिकाको हैसियतमा स-सना बालबालिकासँग घुलमिल हुने, रमाउने, खेल्ने, उनीहरुको भावना बुझ्ने मौका पाएकी छु । यसबीचमा मैले बच्चाहरुको प्रवृत्ति र मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा अनुभूत गरेकी छु । शिक्षक-शिक्षिकासँग उनीहरुको व्यवहार,  कक्षाकोठासँगको सामिप्यता, आफ्ना सहपाठीसँगको सम्बन्धलाई नजिकबाट नियाल्न पाइयो ।

हामी शिक्षिकाको रुपमा कक्षा कोठामा प्रवेश गर्दा उनीहरु केही डराउने, केही असहज मान्ने हुन्थे । यसबाट उनीहरुको बालमनोविज्ञान के बुझ्न सकिन्थ्यो भने, हाम्रो उपस्थिती उनीहरुलाई मन परिरहेको छैन । उनीहरु आफ्नो हस्तक्षेप भएको ठानिरहेका छन् ।

उनीहरुमा वालशुलभ चञ्चलता हुन्छ । स्वच्छन्द ढंगले खेल्न, हाँस्न, रुन, उपि|mन रुचाउँछन् । जब शिक्षक-शिक्षिका अगाडि ठिंग उभिन्छन्, उनीहरु नचाहेरै सर्तक हुन्छन् । कति शिक्षक/शिक्षिकालाई के लाग्छ भने, ‘अहो, मेरा विद्यार्थी कति अनुशासित ? कति आज्ञाकारी ?’

जब डरले डेरा जमाउँछ

जब हामी उनीहरुलाई ‘चुपचाप बस’, ‘हात बाधेर बस’, ‘चलमल नगरी बस’ भन्छौं, त्यसले उनीहरुलाई कडाई गरेजस्तो अनुभव हुन्छ । त्यसैले यसरी अनावश्यक नियम लगाउँदा वा कडाई गरिदा बच्चाहरु खुसी हुँदैनन् ।

शिक्षकको अगा

डि पढेज

स्तो गर्छन्, लेखेजस्तो गर्छन्, जे भन्यो त्यही कुरा मान्छन् । तर, मन भनेर डराइरहेको हुन्छ । भित्रभित्रै आतंकित भइरहेका हुन्छन् । जब उनीहरुको दिमागलाई डरले कब्जा जमाएको छ भने, ज्ञानगुणको कुरा कहाँ अटाउने ?

अब प्रश्न उठ्छ, के बच्चालाई कक्षाकोठामा आफुखुसी खेल्न दिने ? शिक्षक-शिक्षिकाको उपस्थिती आवश्यक छैन ?

पुरानै भनाई हो, ‘बालबालिका काँचो माटो हुन् ।’ वास्तवमै उनीहरु काँचो हुन्छन्, जसलाई जुन रुपमा जसरी पनि ढाल्न सकिन्छ । यस्ता बालबालिकालाई सही दिशानिर्देशन गर्नु आफैमा रमाइलो तर संवेदनशिल काम हो भन्ने मलाई लाग्छ ।

आत्मिय हस्तक्षेप

त्यसैले वालवालिकालाई कक्षा कोठामा खुला छाड्ने भन्ने कुरा आउँदैन । उनीहरुलाई मनलाग्दो गर्न छुट दिन पनि ठिक हुन्न । किनभने वालवालिकाले जे-जति गर्छन्, त्यो उनीहरुकै हितमा नहुन पनि सक्छ । त्यसैले यस्ता कुरामा हस्तक्षेप आवश्यक हुन्छ । तर, आत्मिय हस्क्षेप । उनीहरुलाई यस्तो लागोस् कि, ममाथि कुनै रोकटोक भएकै छैन । मलाई केही कुरामा नियन्त्रण गरिएकै छैन । म खुला छु । खुसी छु ।

वच्चामा यस किसिमको मानसिकता बनाउने काम शिक्षक/शिक्षिकाको हो ।

शिक्षक-शिक्षिका होइन, साथी बनौं

वालवालिका जब खेलिरहेका हुन्छन्, उनीहरुलाई त्यसबेला कसैले निगरानी गरेको मन पर्दैन । उसैगरी कक्षा कोठामा पनि उनीहरुले शिक्षक/शिक्षिकाको उपस्थिती मन नपरेको हो । तर यो उनीहरुको समस्या होइन । समस्या हाम्रो हो । त्यसैले यसलाई सुल्झाउनका लागि पनि हामी आफैंले उपयुक्त तौर-तरिका खोज्नुपर्छ । के हुन्छ त उपयुक्त तरिका ?

वालवालिकाको सामुन्ने आफु शिक्षक वा शिक्षिकाको रुपमा होइन, साथीको रुपमा पेश हुनुपर्छ । उनीहरुसँगै खेल्ने, रमाउने, बोलाउने, चलाउने, हास्ने, रुने । जब हामी साथी हुन्छौं, उनीहरुले सहर्ष स्विकार गर्छन् । खासमा अहिले बच्चालाई हामीले पढाउने भन्ने कुरा पनि आउँदैन । के पढ्ने र कसरी पढ्ने भन्ने काइदा सिकाए पुग्छ । किनभने अहिलेको डिजिटल युगमा बच्चाहरु विभिन्न स्रोतबाट ज्ञान आर्जन गरिरहेका छन् । उनीहरु आफैमा ज्ञानको अथाह भण्डार छ । जिज्ञासा छ ।

सहजकर्ता बनौं

त्यसैले अबको शिक्षामा हामीले बच्चाको अगाडि शिक्षक वा शिक्षिका भएर प्रस्तुत हुनुभन्दा सहजकर्ताको भूमिकामा प्रस्तुत हुनु बढी प्रभावकारी हुनसक्छ । यस्तो अनुभूत होस् कि, बच्चालाई शिक्षक-शिक्षिका पनि आफ्नै साथी जस्तै लागोस् । उनीहरु साथीसँग जस्तै खुल्न सकोस् । सहज अनु्भव गर्न सकोस् । खुलेर रमाउन सकोस् । यसरी उमंगमय वातावरण गरेपनि उनीहरुलाई जीवनयोपयोगी कुरा सिकाउन सकिन्छ, जुन उनीहरुले सहजै ग्रहण गर्न सक्छन् ।

शर्मिष्ठा ताम्राकार

छडी होइन, हार्दिकतापूर्ण मन

अहिलेका शिक्षक शिक्षिकाले छडी लिएर कक्षा कोठामा प्रवेश गर्ने होइन । हार्दिकतापूर्वक मुस्कान लिएर प्रवेश गर्नुपर्छ । विद्यार्थीलाई अनुशासित बनाउने निहँुमा थर्कमान बनाएर राख्ने होइन । बरु, आत्मिय एवं प्रेममय व्यवहार दर्शाउनुपर्छ ।

जब बच्चा शिक्षकसँग रमाउन थाल्छन् । घुलमिल हुन थाल्छन् । मनको कुरा खुलेर गर्न थाल्छन् । तब उनीहरुलाई नयाँ नयाँ कुरा सिकाउन सकिन्छ । सिकाएका कुराहरु उनीहरुले राम्ररी अनुभूत गर्न सक्छन् । अनुभूत गरेको कुरा फेरी कहिल्यै विर्सदैनन् ।

मैले देखेकी, भोगेकी छु, बच्चाहरुलाई अक्सर शिक्षक-शिक्षिकाले आफ्नो कावुमा राख्न खोज्छन् । वच्चालाई अनुशासनको पाठ सिकाइन्छ । अनेक उपदेश दिइन्छ । कक्षा कोठामा वच्चाले बोलेको, चलेको रुचाइदैन । तर, हामीले अनुशासनको नाममा उनीहरुलाई अनावश्यक नियन्त्रण पो गरिरहेका छौ कि ? यस्ता नियन्त्रणले उनीहरुको रचनात्मक क्षमतामा ठेस पो पुग्छ कि ? भन्ने कुरामा पनि ख्यालबिचार गर्नुपर्छ ।

कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment