+
+
Shares

भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

परराष्ट्रसचिवले राष्ट्रसंघको स्थायी प्रतिनिधि हुन मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३२ गते २०:४१

३२ असार, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

कांग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भए ।

यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनी साउदी अरेबियाका पूर्व राजदूत हुन् । उनले साउदीमा राजदूत रहँदा राम्रो काम गरेका थिए ।

सरकारले राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेको थियो । तर, उनले सचिवको कार्यकाल पूरा गर्ने बताएको परराष्ट्र स्रोतले बताएको छ । अब त्यस ठाउँमा मन्त्रालयकै सहसचिवलाई पठाउने सम्भावना छ ।

गत कात्तिकमा चार वर्षे कार्यकाल पूरा गरेका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई सरकारले हालै फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यस्तै यूएईका लागि राजदूत पद पनि रिक्त छ । सरकारले हालै पारित गरेको मापदण्ड अनुसार कर्मचारीबाट ५० प्रतिशत पठाउने उल्लेख रहेकाले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिसँगै यूएईको राजदूतमा पनि कर्मचारीबाट पठाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?