Comments Add Comment

ट्रम्प–पुटिनबीच भेटवार्ता, राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको प्रष्टोक्ति


१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रष्टोक्ति दिएका छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई रुसले साथ दिएको आरोप लाग्दै अाएकाे छ ।  अमेरिकी गुप्तचर संस्थाले पनि यस्तै निष्कर्ष निकालेको थियो । तर यसको बचाउमा लाग्दै आएका ट्रम्पले पुनः रुसले कुनै हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका छन् ।

ट्रम्पको तर्क छ– अमेरिकाको चुनावमा रुसले साँठगाँठ गर्नुपर्ने कुनै कारण छैन ।

पुटिनले पनि निरन्तर लाग्दै आइरहेको आरोपको एक कदम अघि बढेर खण्डन गरेका छन् । उनले भनेका छन्– अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप गरेको छैन ।

दई नेताबीच सोमबार फिनल्यान्डको राजधानी हेलसिन्किीमा करिब दुई घन्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले कडा प्रश्न तेर्साएका थिए ।

ट्रम्पको यस्तो अभिव्यक्तिसँगै उनका आलोचकहरुले कटाक्ष गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment