+
+
Shares

धरानका मेयर दुई सातादेखि ग्राण्डी अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १३:२५

१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको छ ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर अहिले नर्मल बेडमा सारिएको छ । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको छ ।

उपमहानरगको कामको धपेडीका कारण समयमै अस्पताल जान नभ्याएकाले समस्या जटिल बनेको भए पनि अहिले स्वास्थ्यमा क्रमिक सुधार आइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसैबीच केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली मेयर सुब्बालाई भेट्न ग्राण्डी अस्पताल जाने चर्चा चले पनि उक्त दिन प्रधानमन्त्री गंगालाल अस्पतालमा पूर्वराज्य मन्त्री मुस्ताक आलमलाई भेटेर फर्किएका थिए । पूर्वसांसद आलमको उपचारकै क्रममा निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?