+
+
Shares

विकासको प्रमुख बाधक भ्रष्टाचार : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १८:३३

१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् ।

भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको बताउँदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको सुभघाटमा मंगलबार सीमान्तकृत, आदिवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्ताणतरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शून्य सहनशिलताको नीति अवलम्वन गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भूमिहीन भएर वस्नुनपर्ने बताए । सबै किसिमका भूमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भूमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए।  ‘सीमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफ्नै आवास निर्माणका लागि सरकारले आवश्यक वजेटसहित मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहीले भने– ‘अब तपाईंहरु सबैको आफ्नै घर हुन्छ, कोही पनि बगर र जोखिमपूर्ण क्षेत्रमा टहरा हालेर बस्नुपर्दैन ।’

कार्यक्रममा लोपोन्मुख, सीमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालबहादुर राजीले सीमान्तकृत, अल्पसंख्यक, पिछडा समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको बताए ।

लोपोन्मुख, सीमान्तकृत समाज उत्थान केन्द्रले आयोजना गरेको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री खडकबहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?