Comments Add Comment

पर्वतमा पहिरोले घर पुरिए, १ जनाको मृत्यु, ३ जना गम्भीर

विस्थापित १६ घर–परिवारलाई सुरक्षित स्थानमा सारियो

२ साउन, पर्वत । अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्।

जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे हाे । पर्वतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)  गुरुदत्त ढकालले १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार, हराएका ५ जना भने सम्पर्कमा अाएका छन् ।

पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । प्रजिअ ढकालले ती घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर व्यवस्थापन गर्ने काम भइरहेकाे बताए ।

उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment