Comments Add Comment

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

२ साउन, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ ।

लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ ।

शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

नेपालले पाएको एकदिवसीय मान्यता युवा खेलाडीहरुका लागि अवसर भएको उनले बताए । आफ्ना जुनियरहरुले आफूभन्दा राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने विश्वास दिलाएको भन्दै उनले भने, ‘मलाई लाग्छ यो सही समय हो ।’

‘म फस्ट ओडीआई म्याच खेलेर विदा हुँदैछ । म चाहन्छु कि यो ब्याचले टेष्ट खेलेर विदा लिओस् ।’

शक्ति गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटले तय गरेको यात्रा शक्ति विना सम्भव नभएको बताए । उनले उच्चस्तरको पुरस्कार घोषणा गरेर शक्ति गौचनको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

को हुन् शक्ति गौतन ?

भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू-१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।

उनी करियरको टर्निङ प्वाइन्ट बंगलादेश टुरलाई नै मान्छन् । उनले भनेका छन्, ‘कप्तान भएर जाँदा र मार्चपास गर्दा मैले नेपालको झण्डा बोकेँ र राष्ट्रिय गान गाएँ । त्यसबेला माइण्डमा क्लिक भयो कि मैले नेपालकै लागि खेल्नपर्छ ।’

शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् ।

यो पनि पढ्नुस्ः

बंगलादेशमा झन्डा नबोकेको भए नेपालको हुने थिइँन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment