२ साउन, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-१ लम्कीबजारस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष ०७४/७५ मा ७ करोड ५० लाख रुपैंया मुनाफा आर्जन गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न स्वीकृती प्राप्त गरेको उक्त सहकारीको कैलाली जिल्ला भरीमा २१ वटा शाखाहरु रहेका छन ।
०५२ सालमा स्थापना भइ कारोबार सुरु गरेको संस्थाको ८ करोड शेयर पूँजि रहेको छ ।
आर्थिक वर्षको अन्त्यसम्म संस्थाले १ अर्ब २५ करोड निक्षेप संकलन गरेको छ भने विभिन्न शीर्षकमा सदस्यहरुलाई २ अर्ब कर्जा लगानी गरेको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए ।
उनले कैलालीको लम्कीमा केन्दि्रय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्त तर्फ गरि ५० हजार ४ सय २ सदस्य रहेको समेत जानकारी दिए ।
सहकारीले गतवर्षदेखि मोबाइल बैंकिङ र ट्याबलेट बैंकिङ शुरुआत गरेको छ भने सहकारीले आगामी आर्थिक वर्षभित्र लघुवित्त तर्फको कारोबार पेपरलेस गर्ने लक्ष्य राखेको छ ।
सहकारीको २१ शाखा र केन्द्रीय कार्यालयमा गरि १ सय ५८ जना कर्मचारीहरु कार्यरत रहेको महाप्रबन्धक शाहले जानकारी दिए ।
उत्कृष्ट करदाताको प्रमाणपत्र प्राप्त सहकारी संस्थाले यस आर्थिक वर्षमा १ करोड ५१ लाख ५४ हजार ४ शय २७ रुपैयाँ कर तिरेको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले जानकारी दिए ।
उनले सदस्यहरुको विश्वास, कर्मचारीहरुको लगनशिलता र अथक मेहेनतका कारण संस्थाले सफलता प्राप्त गर्दै गईरहेको बताए ।
प्रतिक्रिया 4