Comments Add Comment

इन्टरनेटमा लगाइएको कर खारेज गर्न माग गर्दै धर्ना

२ साउन, काठमाडाैं । सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै नेपाल विद्यार्थी संघले बिरोध जनाएको ।

इन्टरनेटमा लगाइएको कर फिर्ता गर्न भन्दै नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अगाडि धर्नासमेत दिएका छन् ।

चुनाव प्रचारमा फ्री वाइफाइको नारा लिएर गाउँगाउँमा गएको कम्युनिस्टहरूको सरकारले थप शुल्क बढाएको भन्दै विद्यार्थीहरुले खबरदारी सुरु गरेका हुन् ।

इन्टरनेट सेवामा पनि सरकारले १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायिक कम्पनीहरुले सेवा शुल्क बढाएका छन् । तर, सरकारले भने वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment