Comments Add Comment

चक्कु प्रहार गरेर कैलालीमा १ जनाको हत्या


३ साउन, कैलाली । जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ ।

स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।

प्रहरीका अनुसार,  साउने संक्रान्तिका दिन डिजे बजाउने क्रममा दुर्इबीच सामान्य विवाद भएको थियो । बुधबार साँझ सोही विषयमा विवाद गर्न मानबहादुर मदिरा सेवन गरेर रमेशको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै जाँदा रमेशले भान्सामा रहेको चक्कु झिकेर मानबहादुरलाई प्रहार गरेको डीएसपी ओलीले जानकारी दिए ।

प्रहरीले चक्कु प्रहार गर्ने रमेश बिक र उनका बुबा नरबहादुर बिकलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment