Comments Add Comment

गण्डकी प्रदेश सभामा आज प्रधानमन्त्रीको सम्बोधन


३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले मध्याह्न १२ः४० देखि २ः१५ सम्म प्रदेशसभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

ओलीले सम्बोधनका क्रममा प्रदेशसँग सम्बन्धित विषयमा धारणा राख्ने अनुमान गरिएको छ ।

ओलीले सदनलाई सम्बोधन गर्नुपूर्व पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनका साथै पोखरा विश्वविद्यालयको सिनेटमा अध्यक्षता समेत गर्नेछन् । त्यसपछि मन्त्रीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न प्रदेशसभामा सम्बोधन गरेका थिए । देशका ७ वटै प्रदेशलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment