Comments Add Comment

ट्राफिकको नयाँ शैली : सम्झाउने, बुझाउने र सिकाउने

३ साउन, सिमरा । ट्राफिक नियम मिचिएको भन्दै चालकसँग वादविवाद गरिरहने ट्राफिक प्रहरी बुधबार अलि फरक स्व्ाभाव र शैलीमा सडकमा उत्रिए ।

प्रदेश २ को ट्राफिक प्रहरी कार्यालय, पथलैयाकी प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यसहितको टोली अमलेखगञ्ज स्थित आधाभार सडकमा यात्रु र चालकलाई सम्झाइ बुझाई गर्दै थिए ।

चेकजाँचमा प्रहरी मात्र थिएनन्, सवारी साधनको यान्त्रिक मापनका लागि प्राविधिक टोलीसमेत थिए । उनीहरुले गाडीको हावा, टायर, ब्रेकलगायत अन्य यन्त्रहरुको चेकजाँच गरिरहेको देखिन्थे ।

यता प्रहरीको टोली भने यात्रुलाई सिकाइरहेका थिए । ‘भाडा बढी लिए, चालकले मोबाइल फोन प्रयोग गरे, गाडी द्रुत गतिमा चलाए वा अनियन्त्रित लागे हामीलाई भन्नुहोस्’ उनले भने ।

यता चालकलाई प्राविधिक टोलीले सवारी साधनको अवस्था र हेरफेर गर्नुपर्ने सवारी पाटपुर्जाका बारेमा जानकारी गराइरहेका थिए ।

सडक दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले चालक, यात्रु र सवारीको यान्त्रिक अवस्थाको समेत निरीक्षण गर्न सुरु गरेको हो । सचेतना क्याम्पमा भेटिएकी एसपी बज्राचार्य भन्छिन् ‘चालकलाई थर्काएर र कर असुली गरेर मात्र सवारी दुर्घटना रोकिदो रहेनछ, हामीले अब सवारी साधनको समेत प्राविधिक जाँचको समेत अभ्यास सुरु गरेका हौं ।’

क्याम्पमा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र प्रहरी प्रमुख मीरा चौधरीसमेत थिए । प्रत्येक दुई सातामा प्रदेश २ का राजमार्गहरुमा नियमित कार्यक्रम गरिने कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीसहित सवारी प्राविधिक समेत रहेको उक्त कार्यक्रममा करिब पाँच सय १८ वटा विभिन्न सवारीका साधनहरुको चालक, यात्रु र सवारी साधनको यान्त्रिक परीक्षण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment