Comments Add Comment

कांग्रेसमाथि खनियो विवेकशील साझा

'गोविन्द केसी प्रकरणमा कांग्रेस पानीमाथिको ओभानो'

३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षा र स्वास्थ्यलाई नाफाखोर व्यापारीहरूको हातमा पुर्‍याएको भन्दै सरकारसँगै विपक्षी कांग्रेसको आलोचना गरेको छ ।

विवेकशील साझासँगै कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै सरकारलाई दबाव दिँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले डा. केसीको मागलाई मुख्य मुुद्दा बनाएर सदनसँगै सडकमा आन्दोलन नै थालेको छ ।

विवेकशील साझाले भने बिहीबार विज्ञप्ति जारी गर्दै सरकारसँगै कांग्रेस पनि उत्तिकै दोषी भएको बताएको छ । अहिले कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन’ उसले भनेको छ, ‘डा. केसीका १५ मध्ये ७ वटा अनसन कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’

विवेकशील साझाले नेकपा र कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्वीकार गर्न चुनौती दिएको छ ।

‘त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पूरा गर्न आहृवान गर्दछ’ उसले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment