+
+
Shares

डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३ गते १९:५०

३ साउन, काठमाडौं । २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो ।

शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा शुभचिन्तकले हात उठाएर अभिवादन गरेका थिए । उनलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

केसीलाई लिन बिहीबार विहान नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र केसीका समर्थक र प्रहरीबीच झडप भएको थियो । झडपमा एक जना प्रहरी गम्भीर घाइते भएका थिए भने १० भन्दा बढी घाइते भएका थिए ।

घटनापछि अस्पतालभित्रै मारामार भएको भन्दै केसी काठमाडौं आउन तयार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?