Comments Add Comment

डा. केसी काठमाडौं त आए, तर मुद्दामा सहमति अझै टाढा

४ साउन, काठमाडौं । बल प्रयोग गरेर डा. गोविन्द केसीलाई काठमाडौं ल्याएपछि सरकारले राहतको सास फेरेको छ । डा. केसीका समर्थक तथा शुभचिन्तकलाई पनि जुम्लामै राखिराख्दा आउनसक्ने जोखिम टरेको छ ।

तर, न डा. केसीले आफ्नो मागहरु छाडेका छन् न सरकार अडानमा केही गलेको छ ।

काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखिए लगत्तै डा. केसीले आफ्नो अनसन जारी रहेको प्रष्ट पारेका छन् । उनले आफ्नो सत्याग्रहमा ऐक्यवद्धता जनाउने जुम्लाबासीका लगायत सबैलाई धन्यवादसमेत दिएका छन् ।

वार्ता अनिश्चित

पूर्ण अधिकार नभएको भन्दै डा. केसी र उनका समर्थकले कर्मचारी स्तरको वार्ता टोलीसँग कुराकानी नगर्ने बताएको छ । यससँगै शिक्षा सचिवको नेतृत्वमा रहेको वार्ता टोलीले डा. केसीको टोलीसँग सम्वाद अघि बढाउन सकेको छैन ।

सरकारले वार्ताबारे अर्को निर्णय पनि गरेको छैन ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बिहीबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डा. केसीको स्वास्थ्य अवस्था लगायतका विषयमा वि्रफिङ गरेका थिए । साथै कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाबारे छलफल गर्न सम्वद्ध पक्षको बैठक बोलाउन स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई आग्रह गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको सिनेटमा भाग लिनुपर्ने भयो भन्दै शुक्रबार धुलिखेल लागेका छन् ।

उता डा. केसीको समर्थकहरु आन्तरिक छलफलमा जुटेका छन् । वार्ता टोलीमा रहेका अधिवक्ता ओमप्रकाश अर्यालले आज शुक्रबार वार्ताको कुनै खबर नरहेको बताए ।

सत्तारुढ दल नेकपाका एक शीर्ष नेताका अनुसार डा. केसीका उठाएका चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारका मुद्दाहरुमा पार्टीभित्रै छलफल हुन बाँकी छ ।

त्यसपछि मात्र डा. केसीसँग गरिने सहमतिले कुनै निकास दिन सक्ने उनले बताए । उनले अनलाइनखबरसँग भने, ‘मुख्य कुरा उहाँको जीवन बचाउनु थियो, त्यो काम सम्पन्न भएको छ । अब मुद्दामा पनि सहमतिको प्रयास हुन्छ ।’

चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग राख्दै डा. केसी १६ असारदेखि अनसनमा छन् । उनको स्वास्थ्य गम्भीर भएपछि सरकारले बिहीबार साँझ बल प्रयोग गरेर हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment