+
+
Shares

धरानका मेयर सुब्बाको दाहसंस्कार शनिबार

रासस रासस
२०७५ साउन ४ गते १३:०७

४ साउन, इटहरी । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ ।

उनको पार्थिव शरीर भोलि ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।

सुब्बालाई अन्तिम श्रद्धाञ्जली दिन सरकारका तर्फबाट उप–प्रधानमन्त्री ईश्वर पोख्रेल धरान आउँदैछन् । सुब्बाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार हुने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।

सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित थिए भने पछिल्लो समयमा प्रमुखमा निर्वाचित भएपछि कामको अधिक चापले स्वास्थ्यमा प्रतिकूल प्रभाव बढेको निकटवर्तीहरु बताउँछन् । धपेडिकै कारणले उनको शरीरमा रोगको संङ्क्रमणको चाप थपिएको बताइएको छ ।

सुब्बाको निधनपछि अब धरान उपमहानगरपालिकाको प्रमुख पद प्रमुख विहीन बन्न पुगेको छ । त्यसैगरी धरानको– ७ का निर्वाचित वडा अध्यक्ष भुवन मोक्तानको पनि निधनपछि उक्त वडामा पनि वडा अध्यक्ष पद रिक्त बन्न पुगेको छ ।

प्रदेश एक अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुख र वडा अध्यक्षको निधनपछि ती पद खाली बन्न पुगेका छन्, भने संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि गत पुसमा भचोटखोलामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?