Comments Add Comment

बहुमतले दम्भले सरकार तानाशाही : प्रकाशमान सिंह

४ साउन, धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बहुमतको दम्भले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

प्रदेश ७ का पहाडी जिल्लामा कार्यकर्ता प्रशिक्षणका लागि आएका उनले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सरकार जनताका लागि काम गर्नुभन्दा अधिनायकवादतर्फ उन्मुख भएको टिप्पणी गरे ।

कहिले कर्मचारी, कहिले डक्टरलाई जबरजस्ती पक्रिने प्रवृत्तिले जनता त्रसित भएको भन्दै नेता सिंहले सरकारले जनताको हितमा काम नगरी दलालको इसारामा चलेकाले त्यसको प्रतिरोध गर्न नेपाली कांग्रेसले सदन र सडकबाट आन्दोलन गरिरहेको बताए ।

ग्रामीण क्षेत्रका जनताले पनि सेवा पाउनुपर्छ भन्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीका मागलाई सम्बोधन गर्न छोडेर अपहरण शैलीमा काठमाडौं लगिएको प्रति आपत्ति जनाउदै नेता सिहंले अस्पतालमै प्रहरी लगाएर लाठीचार्ज र गोली चलाएर ओली सरकारले राणाशासकजस्तो व्यवहार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment