Comments Add Comment

धनगढीका कर्मचारीलाई भदौसम्म विदामा नबस्न निर्देशन

४ साउन, कैलाली । धनगढी उपमहानगरपालिकाले भदौ मसान्तसम्म कर्मचारीहरुलाई विदामा नबस्न निर्देशन दिएको छ ।

उपमहानगरका प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि र कर्मचारीहरुलाई भदौ मसान्तसम्म विदामा नबस्न निर्देशन दिएका हुन् ।

शुक्रबार नगरस्तरको स्थानीय विपद् तथा जलवायू उत्थानशील समिति गठन तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले वडाअध्यक्ष र सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन ।

उनले अतिआवस्यकीय काम बाहेकमा विदा नदिइने बताए । ‘यो बाढी र डुवानका कारण विपद् निम्तिन सक्ने बेला हो, त्यसलै उद्दार र राहतका लागि तयारी अबस्थामा रहनु होला ।’ उनले भने ।

धनगढी नगरपालिकाले नगरस्तरको स्थानीय विपद् तथा जलबायू उत्थानशील समिति गठनसमेत गरेको छ ।

यसैगरी उपमहानगरपालीकाका सबै वडा तहमा वडास्तरीय विपद् तथा जलवाय उत्थानशील समिति गठन गर्नसमेत निर्देशन दिइएको छ ।

एक साताभित्र सबै वडामा विपद् तथा जलबायु उत्थानशील समिति गठन गरेर जानकारी दिन पनि नगरप्रमुखले निर्देशन दिएका छन् ।

धनगढी उपमहानगरपालीकाको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको समन्वयमा स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति गठन तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment