Comments Add Comment

एक लाख जरिवाना र कैद दावी गर्दै इन्जिनियर खड्काविरुद्ध आरोपपत्र दायर

४ साउन, काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफाल ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ग बमोविम जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले खड्कासँग एक लाख विगो ठहर गर्दै सोहीअनुसार जरिवाना र कैद सजाय मागदावी गरेको छ ।

इन्जिनियर खड्का ग्राभेल सडक निर्माण कार्य सम्पन्न भएको प्रतिवेदन तयार गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment