४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले अध्यक्ष हेमजङ गुरुङको सिफारिस अनुसार बिहीबार कार्यसमितिका पदाधिकारी मनोनयन गरेका छन् ।
प्रदेश समितिको उपाध्यक्षमा देवीप्रसाद कँडेल (वागलुङ) र गीता गुरुङ (कास्की) रहेका छन् । त्यसैगरी सचिवमा वरुणविक्रम राणा (कास्की) रहेका छन् भने प्रवक्तामा नवराज वसौला (लमजुङ) छन् ।
कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङजा) र सह-सचिवमा कृष्णराज अधिकारी (कास्की) मनोनित भएका छन् भने सदस्यहरुमा छमकला कुँवर (स्याङजा), चन्द्रावती पन्त (तनहुँ), एकेन्द्र रावल (म्याग्दी), ठाकुरप्रसाद भुसाल (पर्वत) छानिएका छन् ।
अन्य सदस्यहरुमा नारायण गुरुङ (कास्की), कृष्णप्रसाद पौडेल (तनहुँ) रामचन्द्र अर्याल (लमजुङ), ठाकुरप्रसाद शर्मा (नवलपुर), सुदिप ढकाल (गोरखा), अजित थकाली (मुस्ताङ), क्या. राजकुमार थापामगर (गोरखा) र कल्याण गुरुङ (मनाङ) मनोनयन परेको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया 4