Comments Add Comment

६६ वर्षे स्वीस नागरिक पक्राउ, फेसबुकबाट साथी बनाएर अप्राकृतिक मैथुनको आरोप

४ साउन, काठमाडौं । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनले किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए ।

यौन दुराचारको आरोपमा पक्राउ पर्ने स्वीस नागरिक पिटर क्रिश्चियन लानजेन्डोर्फ उमेरले वृद्ध हुन् । उनी ६६ वर्ष पुगेका छन् । उनी भक्तपुरको शिद्धपोखरीमा अस्थायी बसोबास गर्दै आएको थिए ।

पिटरलाई प्रहरीले बिहीबार पक्राउ गरी जबरजस्तीकरणी महल बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।

उनले काठमाडौंको बाफल बस्ने वर्ष १६ का नाबालकसँग फेसबुकमार्फत साथी बनाई आर्थिक प्रलोभन देखाएर यौन दुव्र्यवहार गरेको महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले अनलाइनखबरलार्इ बताए ।

प्रहरीका अनुसार पिटर चुच्चेपाटीमा रहेको टिगर इन होटल र भक्तपुरको दरबार स्वायरमा रहेको वेलकम हेरिटेज इनमा पार्टनरसीपमा काम गर्दै आएका थिए ।

त्यसैगरी उनले रसुवामा लाङटाङ एजुकेसन प्रोजेक्टका साथै एडु कोर स्वीस नेपाल नामक संस्था चलाउँदै आएको महाशाखाका एसपी नरेन्द्र उप्रेती बताउँछन् ।

फेसबुक म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई टिगर होटलमा बोलाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको प्रहरीको उप्रेतीको भनाइ छ ।

पिटरलाई मुलुकी ऐन जबरजस्तीकरणी महलको दफा ३ अनुसार कारवाही चलाइएको महाशाखाले जनाएको छ । सो महल अनुसार १६ वर्ष भन्दा कम उमेरका नावालकलाई जबरजस्तीकरणी गरेमा ६ देखि १० वर्ष सम्म कैद सजायँ हुन्छ ।

पिटरले पुलिङ्गीसँग अप्राकृतिक सम्बन्ध राखेकाले उनीमाथि थप कारवाही हुने प्रहरीको भनाइ छ । कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा जबजजस्ती करणीको महलको दफा ३ अनुसार हुने सजायँमा थप १ वर्ष कैद हुने व्यवस्था मुलुकी ऐनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment