Comments Add Comment

प्रधानसेनापतिद्वारा विभिन्न गुल्म तथा बाहिनी अड्डाको निरीक्षण

४ साउन, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विहीबार र शुक्रबार राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन् ।

प्रधानसेनापति क्षत्रीले शुक्रबार खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिए ।

बिहीबार उनले रुपन्देही जिल्लामा तैनाथ श्री मध्य पश्चिम पृतना हेडक्वाटर तथा पूर्वी रुकुम जिल्लामा तैनाथ श्री खड्गदल गण र गुल्मी जिल्लामा तैनाथ श्री वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण गरेका थिए ।

निरीक्षण भ्रमणमा बिहीबार नस्किएका प्रधानसेनापति क्षत्री पोखरामा एक रात बास बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment