Comments Add Comment

कालीकोटको ग्रामीण क्षेत्रमा नमूना डिजिटल सामुदायिक अस्पताल बन्ने

४ साउन, काठमाडौं । कालीकोटको राष्कोट नगरपालिकामा नमूना डिजिटल सामुदायीक अस्पताल स्थापनाका हुने भएको छ ।

अस्पताल स्थापनाका लागि काठमाडौंबाट काकीकोट पुगेको चिकित्सकहरुको टोली र राष्कोट नगरका जनप्रतिनिधिहरुबीच छलफल भएको हो ।

अस्पताल स्थापनाको लागि सम्भाब्यता अध्ययन गर्न टोली राष्कोट नगरमा पुगेको हो । राष्कोट नगरको समन्वयमा स्थापना हुन लागेको राष्कोट सामुदायिक अस्पतालको सम्भाब्यता अध्ययनका लागि डाक्टर मुकुल ढकालको नेतृत्वमा चिकित्सकीय टोली राष्कोट पुगेको हो ।

अस्पतालको स्थापानाका लागि भौतिक पूर्वाधार निमार्णको साथै प्रारम्भमा गनुृपर्ने कामका बिषयमा राष्कोट नगरमा शुक्रबार छलफल भएको नगरका प्रमुख काँशिचन्द्र बरालले जानकारी दिए ।

छलफलबाट स्थापना हुने अस्पतालको नाम राष्कोट नमूना टिजिटल सामुदायिक अस्पताल रहने निर्णयसमेत भएको छ ।

आगामी तीन महिनामा अस्पतालको आधारभूत भौतिक पूर्वाधार तयार गरी राष्कोट नगरमा रहेको स्युना प्राथामिक स्वास्थ्य चौकीलाईसमेत त्यसैमा जोडेर अत्यावसकीय चिकित्सकीय सेवा प्रदान गरिने नगरले निर्णय गरेको नगर प्रमुख बरालले बताए ।

उनकाअनुसार नगर सरकारका तर्फबाट चालु आर्थिक वर्षमा अस्पतालको आधारभूत आवश्यकताका लागि सहयोग हुने बताए ।

एक करोड बढि खर्च लाग्ने अनुमान गरिएको अस्पतालको लगानी कर्ता नगर, प्रदेश सरकारका साथै केन्द्र सरकरको सहयोग पनि लिने र लिन चाहेमा स्थानीय समुदायको लगानी पनि हुने निर्णय गरिएको छ ।

अस्पताल सञ्न्चालनका लागि राष्कोट नगर सरकारको निगरानी र रेखदेखमा अस्पताल सञ्चालन समिति रहने नगरले जनाएको छ ।

अस्पताल स्थापना भए आफू राष्कोट नगरमै बसेर अत्यावसीय चिकित्सकीय सेवा प्रदान गर्न तयार रहेको डाक्टर मुकुल ढकलले जानकारी दिए ।

पहिलो चरणमा प्रथामिक केन्द्रद्धारा प्रदान गरिने आधारभूत सेवा दिने दोस्रो चरणमा सेवा बिस्तार गरिने र आगामी तीन वर्ष अप्रेशन लगायतका सबै प्रकारका चिकित्सकीय सेवा दिने अस्पताल बनाउने उद्देश्य रहेको नगर प्रमुख बरालको भनाइ छ ।

बिभिन्न रोगहरुको निधान गर्न सक्ने र तीन वर्षमा सबै प्रकारका चिकित्सकीय सेवा दिने गरी नगर सरकारले योजना बनाएकोमा त्यहाँका नागरिक खुसि रहेका छन् ।

सम्भाब्यता अध्यनका लागि डाक्टर मुकुलढकाल, प्रीयङका शाही कबिन मलेखु लगायतको टोली राष्कोट पुगेको राष्कोट नगरका प्रबक्ता टक्क फर्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment