Comments Add Comment

बन्दीपुर केवलकारको शिलान्यास, १५ महिनामा बनाइसक्ने

४ साउन, तनहुँ । बन्दीपुर केवलकारको शिलान्यास गरिएको छ । ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री गुरूङले पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए । प्रदेशका पर्यटन, उद्योग, वन तथा वातवरणमन्त्री विकास लम्सालले पर्यटनमुखी प्रदेश बनाउन लागिएको बताए ।

५६ करोडको लागतमा निर्माण गरिने केबलकार १५ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । केबलकार निर्माणका लागि लाग्ने कुल रकममा रु ११ करोड २० लाख बन्दीपुरेका लागि शेयर खुला गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment