Comments Add Comment

डा. केसीको माग पुरा नभए देशमा आगो बल्छः सुशीला कार्की

५ साउन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् ।

आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताइन् । जनताबाट मत पाएकाले सरकार खसोस् भन्ने पनि आफूहरूले नचाहेको भन्दै उनले भनिन्, सरकार खसोस् भन्ने पनि हाम्रो इच्छा होइन । तर, सरकारले जनताले भनेको मान्नुपर्छ ।’

डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका मागहरू पुरा गर्न सरकारलार्इ आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘यसलाई पोलिटिकल भनेर क्यास गर्ने प्रयास नगरियोस् । डा. केसीले जे मागेका छन्, त्यो पूरा गर्नुपर्छ । यदि पूरा भएन भने देशमा आगो बल्छ ।’

सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि समेत जनाइन् । कार्कीले भनिन्, म सरकारसँग के अनुरोध गर्दछु भने डा. केसी, कुनै दलका कार्यकर्ता होइनन् । आफ्नो शैलीमा डा. केसीलाई कहिले कांग्रेस भनेको छ, कहिले अरुलाई कांग्रेस भनेको छ । त्यो बेकार हो ।’

चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक ल्याउनु पर्ने माग राख्दै डा. केसी १६ असारदेखि अनसनमा छन् । जुम्लामा अनसन बसेका उनको स्वास्थ्य गम्भीर भएपछि सरकारले बिहीबार काठमाडौं ल्याएको छ ।

उनले अहिले शिक्षण अस्पतालमै अनसन जारी राखेका छन् ।

कार्कीको सम्बोधनको पूर्णपाठ 

८-१० कक्षा पढेको व्यक्तिलाई के भनौं र खोई ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment