Comments Add Comment

कानुनमन्त्रीको टिप्पणीप्रति सरकारको ध्यान जाओस् : नारायणकाजी

'ब‌ंगलादेशमा चिकित्सा पढ्ने महिला विद्यार्थीबारेको टिप्पणी दुखद'

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

उनले तामाङको टिप्पणी दुखद रहेको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्तै झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी आपत्तिजनक रहेको पनि श्रेष्ठले बताएका छन् । उनले प्रसाईलाई उक्त विषयमा आत्माआलोचना गर्न पनि आग्रह गरेका छन् ।


के भनेका थिए कानुनमन्त्रीले ?

काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट नपाउने अवस्था रहेको बताएका छन् ।

उनले त्यस कार्यक्रममा भनेका थिए ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।

मार्मिक छ कथा, हामी हाम्रा छोरी चेलीलाई पढ्नलाई विदेशमा पठाउँछौं । तर उसले त्यहाँ आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउने अवस्था छैन । उनीहरु सबैले यहाँ पढ्न पाउनुपर्छ भन्दा हामीहरु नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौं – हुँदैन ।’

त्यस्तै केही समयअघि झापाको बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरुलाई प्राध्यापकहरुले यौन शोषण गरेर राखेको अभिव्यक्ति दिएका थिए ।

यो पनि पढ्नुस्

कानुनमन्त्रीले महिलाको अस्मितामाथि ठेस पुर्‍याएको राप्रपाको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment