+
+
Shares

मध्य भोटेकोशी आयोजनामा स्थानीयको तालाबन्दी

बाह्रबिसेका मेयर भन्छन् : स्थानीयलाई पेलेर जान खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १९:२०

६ साउन, सिन्धुपाल्चोक । विभिन्न १२ बुँदे माग राख्दै स्थानीय वासिन्दाले सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यालयमा तालाबन्दी गरेका छन् ।

आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतका जनप्रतिनिधिहरु उपस्थितिमा आयोजनाको साइट कार्यालय जम्बुमा पुगेर आयोजना प्रभावित क्षेत्रका स्थानीयले कार्यालयमा तालबन्दी गरेका थिए ।

साविकको लिस्ती, गाती, मार्मिङ, मानेश्वाँरा गाविसबाट आएका प्रभावित स्थानीयले नारा जुलुस गर्दै आयोजनाको कार्यालयमा तालबन्दी गरेका हुन् ।

आयोजना छिटो सम्पन्न गर्न स्थानीयको तर्फबाट सहयोग गरे पनि आयोजनाले पेलेर जान खोजेपछि आफूहरुको समेत सर्मथनमा आयोजनामा तालबन्दी गरिएको बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले जानकारी दिए ।

केही दिनअघि प्रभावित साविकको गाविसमा भौतिक निर्माणको काम गर्न मध्यभोटेकोशी आयोजनाले चार करोडको टेण्डर आहृवान गरेको थियो । तर दुई पक्षबिच झडप भएको भन्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले टेण्डर दर्ता रोक्न निर्देशन दिएका थिए ।

‘शान्तिपूर्ण रुपमा टेण्डर दर्ता हुनै लाग्दा प्रजिअले टेण्डर रोक्ने काम गर्नुभयो’ बाह्रविसे नगरपालिकाका मेयर शेर्पाले भने ‘टेण्डर रोक्ने मात्रै होइन जनप्रतिनिधिलाइए धम्की समेत दिनुभयो ।’

आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिग्रहण गरेको जग्गाको अहिलेसम्म क्षतिपूर्ति नदिएको, स्वास्थ्य चौकी लगायतका संरचनाहरु हालसम्म पनि निर्माण नगरिदिएको, स्थानीयसँग गरेका प्रतिवद्धताहरु पूरा नगरेको आरोप लगाएका छन् ।

मध्यभोटेकोशी जलविद्यत आयोजनाका आयोजना प्रमुख सुनिलकुमार लामाले यस क्षेत्रका सासंद,मन्त्री लगायत जनप्रतिनिधिहरु र स्थानीयसँग छलफलको माध्यमबाट निकास खोज्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?