Comments Add Comment

कामु प्रधानन्यायाधीश जोशीविरुद्ध ५ उजुरी, सुनुवाई साउन १० गते

७ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाई साउन १० गते बिहीबार गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि सोमबारदेखि नै छानबिन पनि सुरु गरेको छ । मंगलबार उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानविनको काम सुरु गरेको हो ।

जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् । सो उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको गत साउन ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment