Comments Add Comment

बिहे गर्ने बहानामा अस्पताल पुर्‍याएर गर्भपतन !

७ साउन, सप्तरी । एक युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने बहानामा गाउँ बाहिर लगेर अवैध गर्भपतन गराएको खुलेको छ ।

सप्तरीको कंचनरुप नगरपालिकाकी पीडित किशोरी १७ वर्षकी छिन् । गर्भपतनपछि रत्तश्राव नरोकिएपछि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय २० बषर्ीय संजय सरदार र किशोरी प्रेम सम्बन्धमा थिए । उनीहरुबीच पटकपटक शारिरीक सम्बन्ध भयो । त्यसक्रममा गर्भ रहृयो । किशोरी पाँच महिनाकी गर्भवती भएपछि काठमाडौं गएर विवाह गर्ने नाममा सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा लगेर गर्भपतन गराएको खुलेको छ ।

‘विवाहको आश्वासन देखाएर पटक-पटक यौन सम्पर्क गरेपछि गर्भवती भएँ’ पीडित किशोरीले भनिन्, ‘पछिल्लो पटक गत बिहीबार विवाह गर्न काठमाडौं जाउँ भनेपछि खुशी खुशी जान तयार भएँ । तर, अस्पताल लगेर गर्भपतन गरायो ।’

आफूले नमान्दा संजयले बलजफ्ती गरेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि सघाएको पीडिच किशोरीले बताएकी छन् ।

समाजमा अपनाउने प्रतिबद्वता, पछि अटेरी

गर्भपतन गरेपछि संजयले किशोरीलाई राजविराजस्थित कोठामा ल्याएर राखे । यता छोरी हराएको थाहा पाएपछि परिवारले खोजी थाल्यो र त्यही टोलका संजयले राजविराजस्थित कोठामा भेटिइन् ।

यसपछि संजयले आफ्नो घर लिएर गए । हल्ला गाउँभरी फैलियो । गाउँमा पञ्चायत बस्यो, जसले संजय र उनको परिवारले किशोरीलाई स्वीकार गर्ने सहमति भयो । तर, संजयकी आमाले नमानेको स्थानीयहरुले बताएका छन् ।

‘अहिले संजयकी आमाले आफ्नो श्रीमान् विदेशबाट आएपछि मात्रै केहि फैसला लिने बताइरहेकी छन्’ स्थानीय हरि यादवले भने, ‘एउटा अवोध बालिकालाई विवाहको प्रलोभन देखाएर जीवनसँग खेलबाड गरिएको छ ।’

संजय राजविराजमा बसेर ल्याब टेक्निसियन पढिरहेका छन् ।

पीडित परिवार भने किशोरीमाथि अन्याय भएको भन्दै राजविराज आएका छन् । उनीहरु उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपी भावेश रिमालले किशोरीलाई न्याय दिलाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment