
७ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रदेश २ मा सरकारका लागि तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् ।
राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ ।
झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।
विक हत्याको मुद्दामा सांसद शर्मासँगै जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4