+
+
Shares

रोक्का खाताबाट यातायात समितिले रकम पाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ८ गते ४:१५

७ साउन, काठमाडौं । सरकारले रोक्का रहेका यातायात समितिका बैंक खाताबाट रकम निकाल्न दिने प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिका खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ ।

यातायात समितिले पेश गर्ने विवरणका आधारमा सरकारले समितिको खाताबाट रकम निकाल्न अनुमति दिनेछ । प्रशासन कार्यालयले समितिहरुका सवारी दुर्घटनाका घाइतेको उपचार खर्च, कार्यरत कर्मचारीको तलब, बिजुली र पानीको खर्च लगायतका विववरण ३५ दिनभित्र पेश गर्न भनेको छ ।

समितिहरुले पेश गर्ने विवरणअनुसार रोक्का खाबताबाट रकम निकाल्न अर्थमन्त्रालयसँग सहमित मागिनेछ । त्यसपछि नेपाल राष्ट्र बैंकमार्फत सम्बन्धित बैंकहरुलाई विवरणका आधारमा रकम निकासा गर्ने तयारी गरिएको छ ।

साउन १ देखि समितिहरु नवीकरण नगर्ने निर्णयका आधारमा स्वत खारेजीमा पर्ने यातायात समितिलाई सरकारले घुमाउरो निर्णय गर्दै अझै वैधानिकता दिइरहेको छ । त्यसैकारण सरकारले उनीहरुको रोक्का खाताबट रकम निकाल्न दिन लागेको हो ।

कानुनअनुसार समितिका सबै रकम र सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । तर, सरकारले घुमाउरो रुपमा सबै सम्पत्ति व्यवसायीलाई नै फिर्ता गर्ने तयारी गरेको छ ।

व्यवसायीहरुले पेश गर्ने खर्च विवरण्मा आधारमा अब एकैपटक करोडौं रुपैयाँ समितिहरुलाई नै फिर्ता गर्ने तयारीमा सरकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?