+
+
Shares

प्रदेश सरकारको निर्देशनः जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनू

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते २१:१९

७ जनकपुरधाम । प्रदेश २ को सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकता वितरणमा सजिकरण गर्न निर्देशन दिएका हुन् ।

जन्मसिद्ध नागरिकता लिएकाको सन्तानले नागरिकता नपाएको गुनासो आएको र अदालतको आदेश पनि भएको भन्दै प्रदेश सरकारले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन भनेको हो ।

‘संविधानको धारा ११ को उपधारा १, २ र ३ बमोजिम नागरिकता प्राप्त गर्न कुनै कानुनी अड्चन छैन’ मन्त्रालयको निर्देशनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?