Comments Add Comment

आलियालाई बुहारी बनाउन ऋषि कपुरलाई हतारो


बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको छ । रणवीरका बाबु ऋषि कपुरले त आलियालाई चाँडो भन्दा चाँडो बुहारी बनाएर भित्र्याउने चाहना प्रकट गरेका छन् ।

एक अन्तरवार्तामा ऋषिले भने, ‘मैले २७ वर्षको उमेरमा नै बिहे गरिसकेको थिएँ । रणवीर त ३५ वर्ष पुगिसक्यो । म चाहन्छु उसले चाँडो भन्दा चाँडो बिहे गरोस् ताकि मर्नुभन्दा अगाडि नाति नातिना खेलाउन पाइयोस् ।’

यद्यपि आफूले छोरालाई बिहेको लागि दवाव भने नदिएको उनले बताए । ‘मैले उसँग प्रत्यक्ष रुपमा बिहेको कुरा गरेको छैन । बरु नीतुले भने बेलाबेलामा कुरा झिक्छिन् । उसले विभिन्न बहाना बनाएर टार्दै आएको छ,’ ऋषिले भने ।

आलियासँग रणवीरको प्रेमका विषयमा प्रश्न गर्दा ऋषिले जवाफ दिए, ‘यो सबैलाई थाहा भएकै कुरा हो । छोराको च्वाइसमा मेरो कुनै आपत्ति छैन । उसले चाहेको केटी बिहे गर्न सक्छ ।’

रणवीरले अहिलेसम्म हिरोइनहरुसँग मात्रै प्रेम गरेका छन् । यस विषयमा ऋषि भन्छन्, ‘एउटा हिरोको आम केटीहरुसँग सिधा सम्पर्क हुँदैन । उनीहरुको बढि सम्वन्ध हुने भनेकै हिरोइनसँग हो । त्यसैले हिरो र हिरोइनबीच प्रेम बस्नु सामान्य कुरा हो ।’

रणवीर र आलिया हाल फिल्म ‘ब्रम्हास्त्र’ को सुटिङका सिलसिलामा बुल्गेरियामा छन् । उनीहरुको प्रेमले फिल्मको पब्लिसिटीलाई निकै मद्दत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment