Comments Add Comment

प्रदेश २ मा थपिएका राज्यमन्त्रीको सपथ भोलि

प्रदेश २ मन्त्रिपरिषदको फाइल तस्वीर

८ साउन, जनकपुरधाम । प्रदेश २ मा मन्त्रिपरिषद विस्तार बुधबार हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने तीन राज्यमन्त्रीले बुधबार सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रिय जनता पार्टी नेपालले राज्यमन्त्रीका लागि नाम पठाएको ३ जनालाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकार बनेको भएको ५ महिनापछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।  तिनै जनाको नाम हिजै टुंगो  लागेको हो ।

मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ । राजपामा विवादको कारण सरकारमा सहभागी हुने राज्यमन्त्रीहरुको नाम ढिलो गरि टुंगो लागेको हो ।

राज्यमन्त्रीमा सहभागी हुने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन् ।

२०७२ भदौ २५ गते बिहान महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको कुटपिटबाट  घाइते भएका विकलाई दिउँसो उपचारको क्रममा जनकपुर ल्याउने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर धान खेतमा कुटपिट गर्दा मृत्यु भएको थियो ।

विक हत्याको मुद्दामा सांसद शर्मालाई मुख्य अभियुक्त बनाइएको छ भने प्रहरीले शर्मासहित घटना संलग्न अन्य फरार रहेको बताउदै आएको छ । घटनामा जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।

यता राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राज्यमन्त्रीमा पार्टीबाट सिफारिस भएको शर्मालाई आन्दोलनको क्रममा राज्यले फसाउने गरि मुद्दा  लगाएको र पार्टीको लागि योगदान दिएको योग्य रहेको शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment