+
+

प्रचण्डलाई प्रकाशमानको जवाफः माओवादीलाई जंगलबाट सत्तामा पुर्‍याउने कांग्रेस नै हो

बहुमतको दम्भ त्यागेर जनवानाअनुसार काम गर्न सुझाव

अाषिश मल्ल अाषिश मल्ल
२०७५ साउन ८ गते १८:१५

८ साउन, डडेल्धुरा । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राणा, पञ्चायत र राजा सिद्धाउने कांग्रेसलाई सिद्धियो भन्नु तर्कहीन भएको बताएका छन् ।

सोमबार मात्रै नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस सिद्धिन लागेको बताएका थिए । प्रचण्डलाई प्रकाशमान सिंहले डडेल्धुरा पुगेर युद्धरत माअोवादीलार्इ समेत कांग्रेसले नै सत्तामा पु¥याएको भन्दै जवाफ दिएका हुन् ।

नेपाल प्रेस यूनियन डडेल्धुराले मंगलबार डडेल्धुरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘राणा, पञ्चायत र राजा सिद्धाएर माओवादीलाईसमेत जंगलबाट सत्तामा पुर्‍याएको कांग्रेसलाई अहिले सिद्धिदैछ भनेर भन्नु बहुमतको दम्भ हो ।’

नेता सिंहले आˆनो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए । उनले भनेे, ‘कांग्रेस सधै जनताको पक्षमा बोल्छ, तर कम्युनिस्टको सरकार आइसकेपछि जतनाले उपभोग गर्ने हरेक बस्तुमा कर बृद्धि भयो ।’

उनले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको बताए । ‘सार्वजनिक स्थानलाई निषेधित क्षेत्र घेाषण गर्नु के हो ?’ उनले प्रश्न गर्दै भने, ‘देशका सबै आन्दोलन तथा विरोध प्रर्दशनका कार्यक्रम भएको माइतीघरलाई निषेधित क्षेत्र घोषण गर्नु अधिनाएकवादको संकेत हो ।’

सिंहले विभाजित कम्युनिस्टलाई पनि कांग्रेसले नै एकजुट बनाएको बताएका छन् । ‘विभाजित तथा कमजोर अवस्थामा रहेको कम्युनिस्टलाई २०४६ सालमा स्व. गणेशमान सिंहले नै एकजुट गराएका थिए,’ उनले भने, ‘तर अहिले तिनै सत्ताधारी कम्युनिस्टबाटै राजनितीक अस्थिरता बनाउने काम हुँदैछ ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानुनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उनले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पारे ।

त्यस्तै कम्युनिस्टहरुले दुई तिहाईको दम्भ त्यागेर जनभावना अनुरुप काम गर्नु पर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?