Comments Add Comment

सलिनको ‘यात्रा’, कहिलेसम्म खिच्ने हो ?


नायक सलिनमान बनियाँका फ्यानले असोज ५ गते उनी अभिनित चलचित्र ‘यात्रा’ हेर्न पाउने छैनन् । वैशाखमा कार्यक्रम गर्दै यसका निर्माता केशव भट्टराइले असोज ५ गते चलचित्र चल्ने बताएका थिए । तर, यो मितिमा चलचित्र नआउने फाइनल छ । निर्माताले किन यति हतारमा चलचित्रको प्रदर्शन मिति तय गरे, त्यो उनले नै जान्ने कुरा भयो ।

तर, रमाइलो कुरा के छ भने यो चलचित्रको छायांकन अझै पनि सकिएको छैन । चलचित्रको छायांकन अब काठमाण्डौमा हुनेछ र काठमाण्डौमा करिब २० प्रतिशत छायांकन बाँकी नै छ । जसकाकारण, चलचित्रको बजेट उच्च हुने देखिएको छ ।

चलचित्रको छायांकन सुरु भएको केही महिना भयो । तर, अझै पनि छायांकन नसकिदा धेरै अचम्मित समेत भएका छन् । सलिनमान बनियाँ, सलोन बस्नेत, मल्लिका महत्त लगायतका कलाकारले अभिनय गरिरहेको यो चलचित्र भ्लगको कथामा आधारित छ । चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आएका सलिनमानको नयाँ चलचित्रको प्रतिक्षा दर्शकले ब्यग्र तरिकाले गरिरहेका छन् ।

सम्राट शाक्यले निर्देशन गरिरहेको यो चलचित्रलाई केशव भट्टराई र सुशिल पोखरेलले मिलेर बनाएका हुन् । चलचित्रको छायांकनमा कुनै आलटाल नगरिएतापनि किन यति धेरै समय लाग्यो भन्नेमा यसको यूनिट नै अचम्मित बनेको छ । सोलुबाट सुरु भएको यात्रा बल्ल काठमाण्डौ आइपुगेको छ । अझै एक महिना काठमाण्डौमा सेड्यूल रहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment