Comments Add Comment

शेखर कोइरालाले भने-ओलीजी ट्याउट्याउ नबोल्नुस्

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतान्त्रिक व्यवहार देखाउन सरकारलाई आग्रह गरेका छन् । कांग्रेससँग टकराउन खोजे कम्युनिस्ट आफैं समाप्त हुने उनले बताए ।

कैलालीमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको बताए । अपमानजनक अभिव्यक्ति दिँदा कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको भन्दै उनले भने, ‘सरकारका मन्त्रीहरुले यसरी नै राजीनामा दिँदै जान्छन् । ओलीजी म खबरदारी गर्न चाहन्छु, ट्याउट्याउ नबोल्नुस् । राम्ररी काम गर्नुस् । अगाडि बढ्नुस् ।’

उनले लोकतान्त्रिक व्यवहार देखाउन सकरारलाई आग्रह गरे । ‘लोकतान्त्रिक व्यवहार देखाउनु भनेको विरोधको स्वर सुन्नुपर्छ, समाधान गर्नुपर्छ । एक्लो विरोधी किन नहोस् । तर, त्यसरी गइरहेको छैन ।’

उनले कांग्रेससँग खेलबाड नगर्न सरकारलाई चेतावनी दिए । तरुणको प्रदर्शनमा सरकारले अनावश्यक बल प्रयोग गरेको भन्दै उनले भने, ‘ओलीजी, नेपाली कांग्रेससँग नटराउनुस् । राणाहरु टकरा, गए । राजा पनि गए । अब कम्युनिस्टहरु कांग्रेससँग टकराउँछन् भने यिनीहरु जान्छन् ।’

उनले कांग्रेस एकढिक्का नरहेको बताए । गुट हुनु कुनै खराब नभएको तर, हार पनि स्वीकार नगरेर पार्टी चल्न नसक्ने बताए ।

एमाले र माओवादी मिल्दा कांग्रेस हारेको भन्दै केन्द्रीय कार्यसमितिले गरेको निष्कर्ष स्वीकार्य नभएको भन्दै उनले भने, ‘संजय गौतम कसरी आउनुभयो ? कांग्रेसको संगठन कमजोर भएकाले म हारेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment