+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विराटनगर- १४, जहाँ घरघरमा पाइपबाट पुर्‍याइँदैछ ग्यास

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७५ साउन १० गते ४:३५

९ साउन, विराटनगर । अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’

‘हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने कुरा गरेका छैनन् । रेल र पानी जहाजमा बढी जोड दिएका छन् ।

तर, बिराटनगरको एउटा वडामा घरघरमा पाइपबाट ग्यास पुर्‍याउने प्रयास भइरहेको छ । विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुुर्‍याउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।

विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो ।

तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास पुर्‍याउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएको पनि सिंहले बताए ।

उनले डेढवर्ष अघि शुुरु गरिएको सो प्लान्टवाट पहिलो चरणमा ३५ घरमा ग्यास पाइपबाट चुलोसम्म पुर्‍याउने योजना रहेको सुनाए । एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास पुर्‍याउने योजना अनुरुप काम अघि वढाएका छौ’, उनले भने ।

गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई छन । ती गाईबाट निस्कने दैनिक २ हजार केजी गोवरमार्फत् वायोग्यास उत्पादन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?